हिन्दु बुध्दिष्ट फाऊन्डेसन अफ क्यानाडाका तर्फबाट सम्पूर्ण नेपाली समुदायलाई नयाँ बर्ष २०१६ को हार्दिक तथा मंगलमय शुभकमाना |
यस फाऊन्डेसनले यही आउदो जनवरी ९ तारिखका दिन दिउसो १:३० देखि ४ बजे सम्म सरे सिटी सेन्टर लाईब्रेरीको रुम नम्बर ४१८ मा भेटघाट र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ | कृपया उक्त कार्यक्रममा उपस्थित भै आफ्नो अमूल्य सुझाब दिएर मन्दिरको प्रोजेक्ट अन्तरर्गत नेपाली संस्कृति तथा रिति-रिवाजको जगेर्नाका लागि सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ | कार्यक्रमको बिस्तृत जानकारी पछि अवगत गराइने छ |
धन्यबाद !
हिन्दु बुध्दिष्ट फाऊन्डेसन अफ क्यानाडा
Hindu Buddhist Foundation of Canada (HBFC) is going to be registered as a charity organization in Vancouver, BC, Canada. It is dedicated to increase and improve spiritual value among people, having faith in Hinduism and Buddhism. HBFC also intends to facilitate and conduct the rituals and festivities as per Hindu and Buddhist tradition. Your support and feedback is highly appreciated.
Under Construction
Under Construction: Appreciate Your Valuable Suggestions
Objectives of HBFC:
1.To advance religion by teaching the religious tenets, doctrines, and observances associated with the Hindu and Buddhist faith;
2.To advance religion by preaching the teachings, and religious tenets, doctrines and observances associated with the Hindu and Buddhist faith;
3.To advance religion by establishing and maintaining a house of worship with services conducted (or held) in accordance with the tenets and doctrines of the Hindu and Buddhist faith; and
4.To do all such things as are incidental or ancillary to the attainment of the above objects.
Sunday, 20 December 2015
Saturday, 12 September 2015
तीज 2015
सदा झै यस पटक पनि हिन्दु बुध्दिष्ट फाउन्डेसन अफ क्यानाडाले तीज पूजा संचालन गर्न लागेको कुरा सहर्ष निवेदन गर्नुका साथै हार्दिक निमन्त्रण गर्दछ | कार्यक्रम यसप्रकार छ:
स्थान: १३३८७ ८९ए एभेन्यु, सर्रे
समय: साँझ ५ बजे देखि ७ बजे सम्म
मिती: २०७२ भाद्र ३० बुधबार (Sep 16, 2015)
कार्यक्रम: पूजा, भजन-आरती, नाच-गान, अनि प्रसाद
धरै जसो महिलाहरुले ब्रत लिनु हुने भएकोले प्रसाद चियापान तथा फलफूल मै सिमित राखिएको छ |
यस फाउन्डेसन सम्बन्धित कार्यक्रमहरु यसको फेसबुकमा गएर पनि हेर्न सकिन्छ | समयमै सूचित हुनको लागि फेसबुकमा फ्रेन्डशिप अथवा पेज लाइक गर्न नभुल्नु होला |
फेसबुक एकाउन्ट: Pashupatinath Swayambhunath
फेसबुक पेज: Hindu Buddhist Foundation of Canada

Sunday, 6 September 2015
श्री कृष्ण जन्माष्टमी कार्यक्रम सम्पन्न
भाद्र १९ गते शनिबार, २०७२
श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा हिन्दु बुध्दिष्ट फाउन्डेसन अफ क्यानाडाले भगवान श्री कृष्णको जन्मदिन मनाउन सर्रेको बियरक्रिक पार्कमा एक धार्मिक समारोहको आयोजना गर्यो | उक्त कार्यक्रम बिहानको ९ बजे शुभारम्भ भएर दिउसोको ३ बजे सम्पन्न भयो | त्यस अवसरमा श्रध्दालुहरुले श्री मधुसुदन आचार्यको अगुवाईमा दियो-कलशका साथै भगवान श्री गणेश तथा कृष्णको पुजा अर्चना गरियो | त्यसपछि विभिन्न श्रध्दालुहरुले भजन किर्तन गाए | र अन्त्यमा भगवानको आरती गरि प्रसाद ग्रहण गरे | सो अवसरमा ग्रेटर भ्याँकुवरमा सबैले मान्ने बा श्री दोजराज अधिकारीले खुशी व्यक्त गर्दै यहाँका सबै नेपाली मिलेर जुटे चाडै नै नेपालीहरुको मन्दिर पनि स्थापना हुनसक्ने आशा ब्यक्त गर्नु भयो | यस कार्यक्रममा दृश्य-अदृश्य रुपमा सहयोगी सम्पूर्ण श्राद्धालुहरु प्रति फाउन्डेसनले आभार ब्यक्त गर्यो |
सम्पूर्ण तस्विरको लागि तलको लिंकमा जानु होला |
https://drive.google.com/folderview?id=1xMtoroet9pGKCnfxmLfG7srrYQ&usp=sharing
श्री कृष्ण जन्माष्टमी, २०१५ को तस्विर

Wednesday, 2 September 2015
श्री कृष्ण जन्माष्टमीको कार्यक्रम
हिन्दु बुध्दिष्ट फाउन्डेसन अफ क्यानाडाले यस बर्षको श्री कृष्ण जन्माष्टमी आउँदो शनिबार सेप्टेम्बर ५, २०१५ का दिन बियरक्रिक पार्क, १४० स्ट्रिट छेउतिरको गेट भित्रको चौरमा आयोजना गर्ने भएको छ | उक्त दिनको कार्यक्रम यस प्रकार हुने छ:
९:०० - १०:०० भेला हुने, आपसी भेटघाट र तयारी
१०:०० - १०:३० पूजाको तयारी
१०:३० - ११:३० दियो, कलश, गणेश र श्री कृष्ण भगवानको पूजा
११:३० - १२:३० भजन, किर्तन, नाचगान र आरती
१२:३० - प्रसाद ग्रहण
इच्छुक सबै श्रध्दालुहरुलाई आमन्त्रण गरिएको छ | कृपया सपरिवार पाल्नु भै श्री कृष्ण जन्माष्टमी धुमधामका साथ मनाऔं | पूजा गर्न इच्छुक भक्तजनहरुका लागि सम्पूर्ण पूजा-सर्जामको पनि व्यवस्था गरिएको छ, घर बाट पूजाका समान ल्याउनु पर्ने छैन |
धन्यवाद,
हिन्दु बुध्दिष्ट फाउन्डेसन अफ क्यानाडा
Sunday, 30 August 2015
जनैपूर्णे २०१५, ग्रेटर भ्याँकुवर
ग्रेटर भ्याँकुवरका नेपाली समुदायले जनैपूर्णे कार्यक्रम यज्ञोपवित धारण गरि क्वाँटी खादै सर्रेमा मनाए | यस कार्यक्रमको आयोजना हिन्दु बुध्दिष्ट फाउन्डेसन अफ क्यानाडाले गरेको थियो | उक्त आवसरमा श्री मधुसुदन आचार्य ज्यूले मन्त्रोचारणका साथ यज्ञोपवित (जनै) को शुध्दिकरण गर्नु भयो भने टिकाराम पोखरेल तथा लक्ष्मन अर्यालज्यूले रुद्री पाठ गर्नुभयो |
Saturday, 28 March 2015
साधुबाद
खराब मौसम भएता पनि हृदयमा श्रध्दा राखी राम नवमीको पवन अवसरमा आयोजित श्री सत्यनारायणको पूजामा सहभागी हुनुहुने सम्पूर्ण श्रध्दालुहरु प्रति साधुबाद | विभिन्न कारणबस सहभागी हुन नसकेता पनि धेरै मित्रहरुले देखाउनु भएको सहृदयता तथा सहयोग भावको लागि पनि साधुबाद | यदि भक्तजनहरु इच्छुक हुनुभएमा हिन्दु बुध्दिष्ट फाउन्डेसन अफ क्यानाडा, यस्तै खालको सामुहिक पूजा (सत्यनारायण, रुद्री आदि) लगायत अन्य कर्महरुको आयोजना गर्न सदा तत्पर छ |
आजको पूजामा उठेको सम्पूर्ण दक्षिणा क्यानेडियन $ २५१.०० यस फाउन्डेसनमा जम्मा गरिएको छ | यो सहित अहिलेसम्म यस फाउन्डेसनमा ५२९९.६६ संकलन भै सकेको छ | ब्रिटिश कोलम्बियामा नेपाली धार्मिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्ने पवन उद्देश्य, यहाँ बस्नुहुने सम्पूर्ण नेपालीहरुको अथक परिश्रम बिना असम्भव प्राय छ | तसर्थ यहाँहरुको सहयोग सदा अपेक्षित छ |

Sunday, 15 March 2015
राम-नवमी: २०७१
गत साल झैँ यो बर्ष पनि राम-नवमीको कार्यक्रममा श्री सत्यनारायण पूजा गरिने भएको छ | यस पूजामा सामेल हुन चाहनुहुने सबै सहभागीलाई समयमै आइ दिनुहुन हार्दिक निवेदन गरिन्छ | यस बर्षको राम-नवमी कार्यक्रम निम्न अनुसार गरिने भएको छ |
समय: अपह्रान्न १:३० देखि साँझ ६:०० बजे सम्म
स्थान: बियरक्रिक पार्कको हल, सर्री आर्ट सेन्टर अगाडी
१:३० - २:०० आगमन तथा तयारी
२:०० - ४:०० श्री सत्यनारायण पूजा
४:०० - ४:४५ भजन
४:४५ - ४:५५ आरती
४:५५ - ५:०० राम-नवमीको महात्म्य बारेमा बाल तथा नव-युवाबाट मन्तब्य
५:०० - ६:०० प्रसाद ग्रहण

हिन्दु बुध्दिष्ट फाउन्डेसन अफ क्यानाडा: आवश्यकता र उत्पति
क्यानाडाको भ्यांकुवर तथा वरपरका शहरहरुमा नेपालीहरुको उपस्थिति बाक्लो नै भएता पनि नेपाली धार्मिक तथा सामाजिक संस्कारको जगेर्ना भएको थिएन | आफ्नो हिसाबले नेपाली धार्मिक तथा पारम्परिक चाड-पर्व अनि रिति-रिवाजहरु मनाउन नपाउँदा सबैको मन खिन्न थियो | त्यहि शुन्यता भर्ने उद्देश्यले यस "हिन्दु बुध्दिष्ट फाउन्डेसन अफ क्यानाडा" को भ्रुण बिक्रम सम्बत २०७० मा बस्यो र २०७१ मा जन्म भयो | अरु पछि .......
Subscribe to:
Comments (Atom)