Under Construction

Under Construction: Appreciate Your Valuable Suggestions

Objectives of HBFC:
1.To advance religion by teaching the religious tenets, doctrines, and observances associated with the Hindu and Buddhist faith;
2.To advance religion by preaching the teachings, and religious tenets, doctrines and observances associated with the Hindu and Buddhist faith;
3.To advance religion by establishing and maintaining a house of worship with services conducted (or held) in accordance with the tenets and doctrines of the Hindu and Buddhist faith; and
4.To do all such things as are incidental or ancillary to the attainment of the above objects.

Tuesday, 19 April 2016

रामनवमी तथा साधारण सभा सम्पन्न

आइतबार, अप्रिल १७, २०१६; सर्रे
हिन्दु बुध्दिष्ट फाउन्डेसन अफ क्यानाडाको आह्वाहनमा ग्रेटर भ्याँकुवरको सर्रे भन्ने शहरको बियरक्रिक पार्कको सभास्थलमा तल्लो (दक्षिणी) ब्रिटिश कोलम्बियाका नेपाली समुदायले रामनवमी पर्व भगवान रामको पूजा-अर्चना गरि तथा भजन गाएर मनाए | यस पूजाबाट प्राप्त भएको भेटि २५२.५० क्यानेडियन डलर संस्थाको कोषमा जम्मा गरिएको छ | पूजा कार्यक्रम सकिए पछि प्रसाद ग्रहण गरि सोहि संस्था को साधारण सभा शुरु भयो |

उक्त अवसरमा सो संस्थाका तदर्थ समितिका सदस्य देवदत्त अधिकारीले स्वागत मन्तब्य दिदै ब्रिटिश कोलम्बियाको सर्रे भन्ने सहरमा  जनवरी २०१४ मा भएको नेपालीहरुको भेलाले नेपाली संस्कृति र धर्मको रक्षा तथा जगेर्ना गर्ने उद्देश्यले यस तदर्थ समितिको अभ्युदय भएको स्मरण गर्नु भयो | सोहि अवसरमा समितिका अर्का सदस्य सुनिल हमालले अहिले सम्म विभिन्न कार्यक्रम गरि यस संस्थाले १२,८९३.९५ क्यानेडियन डलर जम्मा भएको जानकारी दिनुभयो | त्यस पछिका बक्ता सदस्य मधुसुदन आचार्यले यस संस्थाले गरेका धार्मिक कार्यक्रमहरु बारेमा जानकारी गराउनु भयो | यस संस्थाले हालसम्म न्वारन, पास्नी, ब्रतबन्ध, बिवाह, अन्त्येष्टि, श्राध्द जस्ता सम्पूर्ण सामाजिक रितिका साथै शिवरात्रि, रामनवमी, कृष्णजन्माष्टमी, रुद्री, सत्यनारायण पूजा जस्ता कार्यक्रमहरु सम्पन्न गरि सकेकोछ |  यस कार्यक्रममा यस समितिका अरु सदस्यहरु बाबुराम भण्डारी, अमिन खड्का तथा निरन्जन श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो भने एक जना सदस्य रमेश स्थापित केहि कारणवस अनुपस्थित हुनुभएको थियो | उक्त साधारण सभाले यस संस्थाको सदस्यता शुल्क बिध्यार्थीका लागि ११.००, प्रति व्यक्ति २१.००, प्रति परिवार ५१.०० र आजीवन सदस्यता को लागि ५०१.०० कायम गर्यो |

कार्यक्रमको दोस्रो चरण, नयाँ कार्यकारी समितिको चयनका लागि अनिल प्रधान, डा. द्रोण रसाइली तथा उमेश घिमिरेले निर्वाचन अधिकृत बनि सहयोग गर्नु भएको थियो | त्यसबाट निर्बिरोध रुपमा सभापति मधुसुदन आचार्य, उपसभापति देव अधिकारी, सचिव सुनिल हमाल, कोषाधक्ष रोशन केसी, तथा सदस्यहरुमा रिना पोद्दार, नागेश बराल र बिष्णु मैनाली छानिनु भएकोछ | नयाँ छानिनु भएका कार्यसमितिका सदस्यहरुको तर्फबाट धन्यवाद दिदै सभापति मधुसुदन आचार्यले ५,०००.०० क्यानेडियन डलर दान दिने घोषणा गर्नुभयो | त्यसैलाई निरन्तरता दिदै उपसभापति देवदत्त अधिकारीले पनि आफूले १०,०००.०० क्यानेडियन डलर र सचिव सुनिल हमालले २,०००.०० क्यानेडियन डलर दान तथा सुनिल हमालले पूजा-घर भाडामा लिदा अथवा किन्दा प्रति महिना ५१.०० क्यानेडिय डलर सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो |

त्यस्तै गरि उक्त संस्थाको सदस्य बन्ने क्रममा निम्नबमोजिम रकम संकलन भएको छ |
उमेश घिमिरे परिवार $ १०१.००
नारायण मैनाली $ ५१.००
मधुसुधन आचार्य परिवार $ १०१.००
अमकांत सुवदी परिवार $ १०१.००
देवदत्त अधिकारी परिवार $ १०१.००
संध्या ढुंगाना परिवार $ १०१.००
देवेन्द्र हमाल परिवार $ १०१.००
गंगा मल्ल $ ५१.००
रत्न राई $ ५१.००
सजना श्रेष्ठ $ ५१.००
सुनिल हमाल $ १०१.००
पराशरभक्त मल्ल (आजीवन) $ ५०१.००

निम्न-बमोजीमका सदस्यहरुले सदस्यता लिने प्रतिबध्दता प्रकट गर्नुभई शुल्क पछि बुझाउने मन्जुरी दिनुभएको छ |
रोशन केसी परिवार $ १०१.००
चन्द्र अधिकारी परिवार  $ १०१.००
बिष्णु मैनाली परिवार  $ १०१.००
नागेश बराल परिवार  $ १०१.००
कृष्ण सुबेदी परिवार  $ १०१.००
मोहन कृष्ण श्रेष्ठ परिवार  $ १०१.००
अर्पण प्रधान परिवार  $ १०१.००
कृष्णा रसाइली परिवार  $ १०१.००
पशुपति पौडेल परिवार  $ १०१.००
टमेन्द्र थापा $ ५१.००
निरन्जन श्रेष्ठ परिवार  $ १०१.००
सुजित खड्का परिवार  $ १०१.००
शरद बज्राचार्य परिवार  $ १०१.००
राम प्रकाश अधिकारी परिवार  $ १०१.००
शिला सैंजु $ ५१.००
सुशील उपाध्याय परिवार  $ १०१.००

पछि इमेल मार्फत बाबुराम/देवकला भण्डारी परिवार बाट $ १००१.०० दान तथा $ ५१.०० सदस्यता शुल्क बुझाउने प्रतिबध्दता प्रकट गर्नु भएकोछ |

No comments:

Post a Comment